जावलाखेलको खेल मैदानमा बम भेटियो


कठमाडौं – ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ ।

मंगलबार बिहान ७ बजे खेल मैदान अगाडी होटलको सटरमा भेटिएको उक्त बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । उक्त बम विप्लवका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सर्लाहीमा प्रहरीको गोली प्रहारबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले आज नेपाल बन्द घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement