पाँच लाख नदिएपछि एआईजी चन्दले सोधे डीएसपीलाई स्पष्टीकरण!


काठमाडौँ– महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्दले महानगरीय प्रहरी बृत लैनचौर सोहखुटेका प्रमुख डीएसपी दिपक पोखरेललाई स्पष्टीकरण सोधेका छन् । ठमेल क्षेत्रमा रात्रीकालीन व्यबसाय सञ्चालनमा प्रहरीको मिलेमतो हुदै आएको र त्यस क्षेत्रमा राती २ बजेपछि पनि रात्रीकालिन ब्यबसाय सञ्चालन गर्न दिएको आरोप लगाउदै चन्दले पोखरेललाई स्पष्टीकरण सोधेको स्रोतको दावी छ।

उच्च प्रहरी स्रोतका अनुसार पोखरेललाई चन्दले विभिन्न मिडिया ब्यालेन्स गर्न भन्दै ५ लाख रुपैयाँ आर्थिक सहयोग माग गरेको तर डीएसपी पोखरेलले माग अनुसारको रकम नदिएका कारण गत हप्ता स्पष्टीकरण सोधिएको हो। “२४ घण्टा नै रात्रीकालीन ब्यबसाय सञ्चालन गर्न दिईरहेको भन्दै तपाईलाई किन कार्वाही नगर्ने “ भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले स्पष्टीकरण पत्र थमाएको स्रोत बताउछ ।

तर, एआईजी चन्दले भने आफुलाई यो विषयमा थाहा नभएको बताएका छन् । काठमाडौपाटीसँग कुरा गदै चन्दले पोखरेलाई स्पष्टीकरण सोधिएको विषय आफुलाई जानकारी नभएको बताए । “मलाई थाहा भएन् त्यो विषयमा, अफिसमा थाहा होला, उनले भने । तर, उनले आज नभई आइतबार मात्र कुरा गर्न आग्रह गरे । उनले भने, मलाई यो विषयमा थाहा भएन, थप बुझ्नु परेमा आइतबार मात्र कुरा गरौ । निकै नै विवादस्पद छविका चन्द दरबारमार्ग क्षेत्रमा पनि आर्थिक विषयमा मुछिएका थिए ।

यस बारेमा सोध्दा डिएपि पोखरेलले कुरा गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement