काठमाण्डु– जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल, समूह, संगठन तथा अभियानसँग एकताका लागि ५ सदस्यीय वार्ता समिति गठन गरेको छ ।
पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला चयन भएका छन् । समितिका सदस्यहरूमा सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम रहेका छन् ।
जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबद्ध गर्न वार्ता समिति गठन गर्ने निर्णय गत भदौ ४ गते काठमाण्डुमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम नवगठित वार्ता समितिले तत्कालै सम्बन्धित पक्षहरूसँग वार्ता प्रक्रिया अघि बढाउनेछ ।




प्रतिक्रिया