नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर

नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन्।

विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थलमा बिदाइ गरिन्।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आएका थिए। बिहीबार नै उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरेका थिए।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए । स्वदेश फर्किनुअघि शुक्रबार बिहान उनले पशुपतिनाथको दर्शन गरेका थिए।