भारतीय विदेश मन्त्री जयशंकर पुस तेस्रो सातासम्म नेपाल आउने

भारतीय विदेश मन्त्री जयशंकर पुस तेस्रो सातासम्म नेपाल आउने


काठमाण्डु- भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार पुस तेस्रो सातासम्म जयशंकर नेपाल आइपुग्ने छन् ।

उनी नेपाल-भारत विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि नेपाल आउन लागेका हुन् । उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटिसकेका छन् ।

भ्रमणको क्रममा जलविद्युत, सीमा सुरक्षा, उद्योग व्यपारलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै विदेशमन्त्री जयशंकर नेपाल आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत खरिद/बिक्री सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

गत १७ देखि २० जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति समेत भ्रमणका क्रममा भएको थियो ।