देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले पुर्जी काटेको छ ।

सम्पत्ति शुद्धीकरण जाँचबुझका लागि केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भन्दै बुढानिलकण्ठमा रहेको देउवाको घरमा पूर्जी टाँस गरेकाे हाे ।

पत्रमा ‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ अनुसन्धानको सिलसिलामा तपाईंसंग केही कुरा बुझ्नु पर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटो म्याद बाहेक ०७ (सात) दिन भित्र यस विभागको कार्यालय हरिहर भवन,ललितपुर कर्मचारी सञ्चयकोष भवनको बल्क ‘वी’ मा कार्यालय समय भित्र हाजिर हुन आउनु हुन यो सूचना/म्याद जारी गरिएको छ । नआए कानून बमोजिम हुनेछ ।’ भनिएको छ ।