स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटना,८ जना गम्भीर घाइते


काठमाण्डु – प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक जीप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शनगरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक जीप दुर्घटना भएको हो ।

लु १ च ६३४५ नम्बरको ८ जना सवार जीप स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीयका अनुसार घटनामा परेको जीपमा सवार ८ जना एकै ठाउँका हुन् । प्रहरीले मृत्युको पुष्टि नगरेपनि सबैलाई अस्पताल पठाउन थालेको र अवस्था छुट्टाउन नसक्ने रहेको जनाएको छ । दाङको लमही-५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement