काठमाण्डु- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा ३ जनाको ज्यान गएको छ ।
दमौलीबाट चापाघाटका लागि छुटेको ग २ च ५७६० नम्बरको जीप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा ५ जना सवार थिए ।
दुर्घटनामा ज्यान गुमाउनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, त्यही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।
घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया