काठमाण्डु – सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-५ सिम्खस्थित भित्रि सडकखण्डमा लुम्बिनी प्रदेश ०२â००१ ज ०००५ नम्बरको जिप शनिबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनालगत्तै स्थानीय र प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याएका थिए । घाइते भएका अन्य चार जनाको त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचार गरिएको छ । सामान्य उपचारपछि थप उपचार आवश्यकका लागि उनीहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा जिप चालकसमेत घाइते भएकाले उनको अवस्था र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया