जीप दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु, १२ घाइते

जीप दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु, १२ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा १२ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको छ ।

आइतबार बिहान सानीभेरी गाउँपालिका ५ बाट वडा नम्बर ६ हुँदै वडा नम्बर ९ को सिम बजारतर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको हो। जीप सडकबाट करिब ५०० मिटर तल खसेको अनुमान छ।

मृत्यु हुनेमा चालक त्रिवेणी गाउँपालिकाको रुघाका सुन्दर खड्का मगर र सानीभेरी–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुन रहेको डीएसपी वेदबहादुर पौडेलले बताए ।

गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको छ । गम्भीर घाइतेमध्ये केही बोल्न सक्ने अवस्थामा नरहेको र टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।