चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन


बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ ।

जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडी टोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो ।

जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ ।  जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए। अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए ।

करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement