यसकारण अमेरिका जाँदै छन् जेलेन्स्की


एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू वासिंगटनतर्फ जाँदै गरेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्न सक्ने विभिन्न आँकलनबीच उनले त्यसबारे पुष्टि गरेका हुन् । अमेरिका भ्रमणका क्रममा उनले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नेछन् ।

फेब्रुवरीमा रुसले आक्रमण गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो । ह्वाइट हाउसले पनि यात्राको पुष्टि गरेको छ । अमेरिकाले युक्रेनलाई प्याट्रियट मिसाइल ब्याट्री प्रदान गर्ने बताएको छ, जसले देशको वायु रक्षा क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।

जेलेन्स्कीले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने र धेरै बैठकहरू आयोजना गर्ने छन् । ‘युक्रेनको लचिलोपन र रक्षा क्षमतालाई बलियो बनाउन अमेरिका जाने बाटोमा छु’, उनले ट्वीटरमा लेखे ।

युक्रेनमाथि रुसी हमला सुरु भएपछि अमेरिकाले ठूलो स्तरमा किभलाई सैन्य तथा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । जेलेन्स्कीले नियमित रूपमा राजधानी कीभमा विदेशी नेताहरूलाई स्वागत गर्नुका साथै र युक्रेन वरपरका सेनाहरूको भ्रमण गरेका छन् । उनले मंगलबार अग्रपंक्तिको सहर बखमुतको अघोषित भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement