अन्तरास्ट्रिय

जेट एयरवेज विमान कम्पनीले कर्मचारीलाई तलब नदिएपछि सडकमै रुवाबासी

तस्वीर एजेन्सी

एजेन्सी- ऋणमा डुबेको एयरलाइन्स जेट एयरवेज कम्पनीले आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिएको छैन् । भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत कर्मचारी अहिले बिचल्लीमा परेका छन् ।

Dish Home

समयमै तलव नपाए पनि कुनै दिन त पाइएला भन्दै काम गरिरहेका उनीहरु अहिले बेरोजगार भएका छन् । उनीहरुको त्यो झिनो आशा समाप्त भएको छ । जेट एयरवेजका लागि बुधवार राति अमृतसरबाट मुम्बईको उडान नै अन्तिम रह्यो र उसले सबै कामकारवाही रोकिएको घोषणा गरिसकेको छ ।

ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजमा आपतकालीन लगानी आउने स्थिति नदेखिएकाले जेटले इन्धनका लागि तथा अन्य सेवा सञ्चालनका लागि पैसा तिर्न नसकेको भन्दै सबै काम रोकेको हो । २२ वर्षदेखि सो एयरवेजमा काम गर्दै आएकी हरप्रित कौर स्तब्ध छिन् । उनी पछिल्लो समय असिस्टेन्ट बेस म्यानेजरका रुपमा कार्यरत थिइन् । सबै विमान ‘ग्राउन्डेड’ भएपछि उनी बेरोजगार भएकी छन् ।

१६ वर्षदेखि काम गर्दै आएका सिनियर क्याप्टेन राजेश हांडा, ५ वर्षदेखि काम गर्दै आएकी एयरहोस्टेस रेनु राजौराको अवस्था पनि उस्तै छ । राजेश भन्छन, ‘चार महिनादेखि मैले तलव लिएको छैन, घरका लागि ऋण लिएको थिएँ, दुई बच्चा छन, विद्यालयको फिस तिर्नुपर्छ, समयमै बैंकको ऋण तिर्न नसक्दा कालोसूचीमा राख्छ ।’ तलवबिहीन भएर कतिदिन घर खर्च चल्छ भन्नेमा सिंगो परिवार चिन्तित बनेको उनले बताए ।

तस्वीर एजेन्सी

 

जेट एयरवेजले सबै उडान बन्द गरेपछि १६ हजार कर्मचारी एकाएक बेरोजगार बनेका छन् । परिवारका लागि आवश्यक खर्च कसरी जुटाउने भन्ने चिन्तामा उनीहरु पिरोलिएका छन् ।बेरोजगार भएकामध्ये केहीलाई अन्य विमानसेवा कम्पनीले रोजगारीका लागि प्रस्ताव गरे पनि थोरैमात्र तलव दिन सकिने शर्त राखेका छन् । बाँकी कर्मचारीको भविष्य के हुने हो भन्ने अत्तोपत्तो छैन ।

भारतमा पछिल्लो पाँच वर्षमा बन्द हुने यो सातौं एयरलाइन्स कम्पनी हो । बैंकको ऋणमा डुबेपछि जेट एयरवेज आर्थिक संकटमा नराम्ररी फसेको हो । ऋणमा डुबिसकेको कम्पनीलाई थप ऋण दिन कुनै पनि बैंक तयार भएनन् । परिणामस्वरुप दैनिक रुपमा हुने खर्चसमेत धान्न नसकेर कम्पनीले आफ्ना सबै उडान बन्द गरेको हो ।एयरलाइन्सको जागिर गुमेपछि एकाएक सडकमा आइपुगेका कर्मचारीले नयाँ दिल्लीमा प्रदर्शनसमेत गरे । प्रदर्शनमा उनीहरुका परिवारसमेत सामेल थिए ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top