काठमाण्डु– नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच कुटाकुट भएको छ ।
युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा झडप भएको हो ।
झडप नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।
गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको हो । गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो ।
राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो ।
प्रतिक्रिया