नेपाल समूहको बैठकमा झलनाथको सम्बोधनः पार्टी आन्दोलन दक्षिणपन्थी भासमा गइसक्यो

नेपाल समूहको बैठकमा झलनाथको सम्बोधनः पार्टी आन्दोलन दक्षिणपन्थी भासमा गइसक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेबाट निष्काशित नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा अ‍ोलीको नेतृत्वमा पार्टी आन्दोलन भासमा गएको बताएका छन् ।

बिहीबार माधव नेपाल समूहले आयोजना गरेको भर्चुअल केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता खनालले पार्टी जतिसुकै ठूलो भए पनि गलत बाटोमा गएकाले उपलब्धी दिन नसक्ने बताएका हुन् ।

‘केपी ओलीको नेतृत्वमा पार्टी आन्दोलन दक्षिणपन्थी भासमा गइसक्यो’, नेता खनालले भने ।

त्यस्तै उनले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गरेको कारबाही हास्यास्पद रहेको बताएका छन् । नेता खनालले पार्टीलाई एकताबद्ध बनाउन नेताहरु लागिरहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।