दिल्लीबाट झलनाथले भनेः ठुलठुला चुनौति खडा भए !


काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र ठूल्ठूला चुनौतीहरु खडा भएको बताएका छन् ।

बिहीबार ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै नेता खनालले नेपाली कम्युनिष्ट आन्दोलनले ७२ बर्ष पार गर्ने क्रममा हाल पार्टीभित्र चुनौतीहरु खडा भएको बताएका हुन् ।

भारतको दिल्लीमा उपचाररत उनले चुनौतीहरुको समाधानका लागि एमालेलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

त्यस्तै नेता खनालले पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

‘हाम्रा सामु ठुलठुला चुनौतिहरु पनि खडा भएका छन् । यी चुनौतिहरुसँग जुध्न हाम्रो पार्टी नेकपा एमालेलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन । साथै पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुनै क. पुष्पलाल प्रतिको सच्चा सम्मान पनि हो,’ नेता खनालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement