एकीकृत समाजवादी छाडेर एमालेमा फर्कनुको कुनै तुक छैनः झलनाथ खनाल


काठमाण्ड-  नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले आफू नेकपा (एमाले) मा नफर्कने बताएका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका नेता खनालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफू एमालेमा फर्कन लागेको कुरा हल्लामात्रै भएको बताएका हुन् । उनले नेकपा एमालेमो फर्कनुको कुने तुक नभएको दाबी गरे ।

‘हामीले बनाएको पार्टी छाडेर एमालेमा फर्कनुको कुृनै तुक छैन,’ उनले भने । त्यस्तै देशको राजनीतिक स्थिरताका लागि वाम शक्तिहरु एक हुनुको विकल्प नरहेको उनले बताएका छन् ।

पछिल्लो समय नेकपा एसका अध्यक्ष माधव नेपालसँग असन्तुष्ट रहेकाले खनाल एमालेमा फर्किन लागेको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement