गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्नु हुँदैन : झलनाथ खनाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्न नहुने बताएका छन् ।

पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्दै उनले संविधान रक्षाको लागि भनेर बनेको गठबन्धनले पटक–पटक संविधान उल्लंघन गरेकाले साथ दिन नहुने बताए ।

‘हामीले संविधान रक्षाका लागि गठबन्धन बनाएको भनेका छौं तर यही गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गरेको भनेर सर्वोच्च अदालतले भन्यो,’ उनले भने, ‘कोशीमा यही गठबन्धनले २–२ पटक संविधान उल्लंघन गरेको छ । यसमा हाम्रो पार्टीको धारणा के हो ? गठबन्धनका नाममा गरेका सबै काम हामीले मान्ने हो कि स्वतन्त्र अस्तित्व देखाउने ?’

नेता खनालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न अझै प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको गुनासो गरे । पार्टीभित्र गलत चिन्तनहरू हुर्किरहेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement