समाजवादको यात्राका लागि कम्युनिस्टहरू एक हुनुपर्छः झलनाथ खनाल


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको समेत बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आज भैरहवामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता रहेको बताएका हुन् ।

समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने उनको भनाइ छ । उनले मुलुकमा बेरोजगारी व्याप्त रहेको उल्लेख गर्दै रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको जनाएका छन् । मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement