केही मान्छेले पार्टी फुटाउन लाग्यो भनेर मेरो कुप्रचार गरेछन् : झलनाथ खनाल

केही मान्छेले पार्टी फुटाउन लाग्यो भनेर मेरो कुप्रचार गरेछन् : झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्न लागेको भनेर कुप्रचार गरिएको बताएका छन् ।

सोमबार सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी फुटाएर नयाँ दल गठन गर्न लागेको भनेर कुप्रचार गरिएको बताएका हुन् ।

उनले भने, ‘केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन् । म ती कुप्रचारकहरूलाई फेरि एकपटक भन्न चाहन्छु, साथिहरू कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस् । झलनाथ खनाल कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो । गुट बनाउने कुरा पनि गलत हो भन्दै आएको मान्छे हो । तर यतिबेला हामीले वैज्ञानिक समाजवादको विचार निर्माण नगरिहुने भएन ।’