चिया बगानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला


काठमाण्डु- झापाको कचनकवल गाउँपालिमा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव फेला परेको हो।

दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरू तीनै जना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए। आइतबार बिहान साढे ७ बजेतिर झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीइका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement