झपट रावलको घरमा ढुंगा हान्ने युवक पक्राउ


काठमाण्डु – नेकपा एमालेका सांसद झपटबहादुर रावलकोा घरमा ढुंगा हान्ने एक जना पक्राउ परेका छन् ।

बुधबार राती सांसद रावलको घरमा ढुंगा हानेको आरोपमा प्रहरीले रामेछापका २२ वर्षीय मनोज तामाङ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङकाअनुसार पक्राउ परेका युवकले घरबेटीले मोटरसाइकलको हावा खुस्काइदिएपछि रिसले राती ढुंगा हानेको बयान दिएका छन् ।

पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको प्रमुख एसएसपी खापुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement