अन्तरास्ट्रिय

झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्त, ४ जनाको मृत्यु

झारखण्ड – भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा ३ जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।

Dish Home

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । ‘दूर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सिआरपिएफले जनाएको छ ।

भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ । –एएनआई

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top