एमालेमा शक्ति संघर्ष

दायाँबायाँ विद्या र बादल राखेका अध्यक्ष ओलीले महासचिव पोखरेलको कुर्सी आठौं नम्बरमा धकेलिदिए

दायाँबायाँ विद्या र बादल राखेका अध्यक्ष ओलीले महासचिव पोखरेलको कुर्सी आठौं नम्बरमा धकेलिदिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- एघार वर्षको अन्तरालपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा फर्किँदा नेताहरूको आशन पनि फेरिएको छ।

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा सुरू स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ नेताको शपथ लिएसँगै आशन पनि फेरिएको हो ।

नयाँ आशनअनुसार अध्यक्ष ओलीको दायाँबायाँ वरिष्ठ नेता भण्डारी र उपाध्यक्ष रामबहादुर थापा बादललाई राखिएको छ। बादल पछिल्लो समय ओलीका अचुक विश्वासपात्र हुन् ।

ओलीले बायाँतर्फ बादलपछि दुई उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ र रघुजी पन्तलाई राखेका छन्। यस्तोमा उनले भण्डारीलाई पनि आफूविरुद्ध भइरहेको शक्ति संघर्ष रोक्ने योजनासहित भित्र्याएका हुन्।

ओलीले दायाँबायाँ विद्या र बादल राख्दा महासचिव शंकर पोखरेल भने किनारा परेका छन् । उनलाई उपाध्यहरू पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रघुजी पन्त र गोकर्ण विष्ट भन्दा पनि पर राखिएको हो ।

आशनअनुसार वरीयताको व्याख्या गर्दा महासचिव पोखरेल अहिले आठौँ नम्बरमा धकेलिएका छन्। तर महासचिव पद एमालेमा अध्यक्षपछिको कार्यकारी हो ।

एमालेमा महासचिव अध्यक्षकै छेउमा बस्ने परम्परा छ। अध्यक्षपछिको कार्यकारी भूमिकामा महासचिव रहने भएकाले त्यो स्वाभाविक थियो ।

तर पछिल्लो समय ओलीसँग महासचिव पोखरेलको विचार नमिलेपछि समस्या भएको छ। ओलीसँ‍ग मतभिन्नता चुलिएसँगै देखिन थालेपछि महासचिव पोखरेलको कुर्सी पनि आठौँ स्थानमा धकेलिएको छ।

यसअघि असोज ५ देखि ८ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकमा पनि ओलीले पोखरेललाई आफूबाट पर धकेल्न खोजेका थिए । तर त्यहाँ अन्य नेताहरूले प्रतिवाद गरेपछि पोखरेलको कुर्सी अध्यक्षसँगै थियो ।

तर ओलीले विद्याको इन्ट्रीसँगै महासचिव पोखरेललाई पेल्ने नीतिअनुसार उनको कुर्सी नै आठौं नम्बरमा तोकिदिएका छन्। बिहीबार ओलीलाई पोखरेलसहित अन्य कुनै नेता स्वागतमा पनि पुगेनन्। एमालेको दुई लाइन संघर्ष बिहीबार नेताहरूको आशनमा पनि पोखिएको छ। यसले आफूलाई प्रश्न गर्नेहरूमाथि ओली अझै निर्मम बन्दै जाने संकेत गरेका छन्।