विश्वकप छनोट : नेपालले जिम्बाब्वेलाई दियो २९१ रनको लक्ष्य


काठमाण्डु – आईसीसी विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले घरेलु टिम जिम्बाबेलाई २९१ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।  समूह ‘ए’ अन्तर्गत हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायाे ।

नेपालका लागि कुशल भुर्तेलले ९५ बलमा ९९ रन बनाउँदा १३ चौका र २ छक्का हिर्काए । आशिफ शेखले १०० बलमा ६६ रन जोड्दा ७ चौका प्रहार गरे । कुशल र आशिफले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि यो सर्वाधिक रनको साझेदारी हो ।

कुशल मल्ल ४२ बलमा ४१ रन बनाएर आउट हुँदा २ चौका र ३ छक्का हिर्काए । कप्तान रोहित पौडेलले ३१ रन बनाए । आशिफ शेखले १० तथा गुल्सन झाले १३ रन बनाए । जिम्बाब्वेका लागि रिचार्ड गाराभाले ४, वेलिङ्टन मासाकड्जा २ तथा ब्लेसिङ मुजारबानी र टेन्डाई चताराले १-१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement