जिहाद समूहका कमाण्डर मारिए


एजेन्सी । इजरायली सुरक्षा फौजको हवाइ हमलामा प्यालेस्टाइनी इस्लामिक जिहाद समूहका कमाण्डर मारिएका छन् ।

हतियारधारी समूहका ४२ वर्षीय कमाण्डर बहा अबु अल अट्टा गाजा क्षेत्रमा मंगलबार मारिएका हुन् । इजरायली फौजलाई लक्षित गर्दै हतियारधारी समूहले रकेट प्रहार गरेपछि जवाफी फायरिङमा बहा मारिएको बताइएको छ ।

मंगलबार इस्लामिक जिहाद समूहले विज्ञप्ति निकालेर उनको मृत्यु भएको पुष्टि गरेको छ । इजरायलले दमासकसस्थित आफ्ना राजनीतिक एक नेताको घरमा समेत आक्रमण गरेको प्यालेस्टाइनी समूहको आरोप छ ।

अल अट्टाकी पत्नीको पनि यसअघि नै इजरायली आक्रमणमा मृत्यु भइसकेको बताइएको छ । गाजा क्षेत्रमा हुँदैआएका हमलाको जिम्मेवार अल अट्टाको समूह नै रहेको इजरायलले बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement