ट्रम्पलाई बाइडेनको चेतावनीः सत्ता नछोडे धेरै मानिसको मृत्यु हुन्छ


एजेन्सी – अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पले सत्ता छोड्न अस्वीकार गरे धेरै मानिसको मृत्यु हुने चेतावनी दिएका छन् ।

सोमबार सम्बोधनको क्रममा बाइडेनले ट्रम्प प्रशासनले बाधा पुर्‍याए धेरै मानिसहरूको मृत्यु हुने चेतावनी दिएका हुन् ।

उनले कोरोनाभाइरसको प्रकोपलाई सम्बोधन गर्न समन्वय आवश्यक भएको बताएका छन् ।

उनले राष्ट्रपति ट्रम्पले हार स्वीकार नगरेर स्थिति भयावह बन्ने चेतावनी दिएका हुन् । ट्रम्पले भने आफूले राष्ट्रपतिको निर्वाचनमा विजयी भएको घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत अमेरिकी राष्ट्रपतिको निर्वाचन जितेको घोषणा गरेका हुन् ।

‘यो खेल होइन,’ पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामाले सामाजिक सञ्जालमा लेखेकी छिन् । हालसम्म बाइडेन ३०६ इलेक्ट्रोरल भोटका साथ अग्र स्थानमा छन् अमेरिकामा चुनाव जित्नका लागि २७० भोटको आवश्यकता पर्दछ ।

यद्यपि ट्रम्पले सोमबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘मैले चुनाव जितें ।’

बाइडेनले भने, ‘के कसैले यो बुझ्दछ ? यो जीवन बचाउने समय हो । वास्तवमा यो अहंकार गर्ने बेला होइन । यदि हामीले समन्वय गरेनौं भने धेरै व्यक्तिहरू मर्दछन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement