अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायल भ्रमण गर्दै


काठमाण्डु – अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपतिको भ्रमणलाई लिएर विश्वभर विभिन्न टीकाटिप्पणी पनि सुरु भएका छन् ।

कतिपयले उनको भ्रमणलाई सकारात्मक भनेका छन् भने कतिपयले हमासले आक्रमण गरेको बेला बाइडेनले इजरायल भ्रमण नगरेको भए हुने भनी प्रतिक्रिया जनाएका छन् ।

भ्रमणका क्रममा उनले गाजामा हमासविरुद्ध भूमिगत आक्रमण गर्ने इजरायलको योजनाबारे जानकारी लिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले सर्वसाधारण हताहत कम हुने तरिकाले कसरी आक्रमण गर्न सकिन्छ भनेर छलफल गर्ने जनाइएको छ ।

इजरायलमा अक्टोबर ७ यता हमासको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघेको छ । इजरायलले गाजामा गरेको जवाफी हमलामा २ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement