नेपाली सेनासहित सहभागी संयुक्त सैन्य अभ्यासको सत्तारुढ दलकै सांसदको विरोध


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवप्रसाद गुरुङले संयुक्त सैन्य अभ्यासको विरोध जनाएका छन् । पोखरामा जारी नेपाल, अमेरिकालगायत ६ राष्ट्रका २२० सैनिकको संयुक्त सैन्य अभ्यासको सत्तारुढ दलकै सांसदबाट विरोध भएको हो ।

पुुर्व मन्त्री समेत रहेका नेता गुरुङले विपद व्यवस्थापनको नाममा सैन्य अभ्यासको सुरुवात भएको भन्दै यसले नेपालको राष्ट्रिय अस्मितालाई नै असर पार्ने दावी गरे ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गुरुङले देशकमा राष्ट्रियताको संकट परिरहेको बताए । संयुक्त सैन्य अभ्यासको विषयमा परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement