काठमाण्डु – नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि अर्पणका लागि केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधिलगायत शीर्ष नेताहरूले स्वर्गीय नेता जोशीप्रति श्रद्धाञ्जलि श्रद्धाञ्जलि अर्पण गरेका छन् । सोही क्रममा सभामुख सापकोटा पनि सानेपा पुगेर नेता जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र पम्फा भुसाल पनि सानेपा पुगेका छन् । अहिले नेता जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सानेपामा नेता कार्यकर्ताहरूको घुइँचो लागेको छ ।
श्रद्धाञ्जलि कार्यक्रम सकिएपछि आजै दाहसंस्कार गरिने बताइएको छ । नेता जोशीको उपचारका क्रममा शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएको थियो ।




प्रतिक्रिया