मोदी–शाह निकट जेपी नड्डा बीजेपीको कार्यकारी अध्यक्ष चुनिए 


काठमाडौं – भारतीय जनता पार्टीका वरिष्ठ नेता जेपी नड्डा पार्टीको कार्यकारी अध्यक्ष बनेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री समेत रहेका नड्डालाई सोमबार बसेको संसदिय बोर्डको वैठकले पार्टीको कार्यकारी अध्यक्ष बनाउने निर्णय भएको वरिष्ठ नेता राजनाथ सिंहले बताए । 

वर्तमान अध्यक्ष अमित शाह गृहमन्त्री बनेपछि नड्डालाई पार्टीको कार्यकारी अध्यक्ष बनाइएको हो । भारतिय संचारमाध्यमकाअनुसार हाललाई अध्यक्ष भने शाहलाई नै कायम राखिएको छ । 

बैठकपछि भाजपाका वरिष्ठ नेता राजनाथ सिंहले शाहले नै पार्टीको नेतृत्व अरु कसैले सम्हाल्नुपर्ने प्रस्ताव राखेको बताए । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार शाह महाराष्ट्र, हरियाणा र झारखण्डमा हुने चुनावसम्म अध्यक्ष रहिरहने छन् । यी तिनै राज्यमा शाह र नड्डाको नेतृत्वमा भाजपा चुनावमा भाग लिनेछ । 

तीन पटक विधायक रहेका नड्डा राज्यसभामा हिमाचल प्रदेशबाट प्रतिनिधित्व गरिरहेका छन्् । उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहको विश्वासपात्रका रुपमा लिने गरिन्छ । ५८ वर्षिय नड्डालाई लोकसभा चुनावभन्दा पहिला उत्तर प्रदेशको जिम्मेवारी दिइएको थियो । उत्तर प्रदेशमा एसपी बीएसपीको गठवन्धनपछि पनि कुल ८० सिटमध्ये बीजेपीले ६२ सिट जितेको थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement