आचारसंहिता उल्लंघन गर्दै १५७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)


काठमाडौंःन्याय परिषदले निर्वाचन आचारसंहिता विपरीत एक सय ५७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ।

 

 

प्रदेश २ को स्थानीय चुनाव र मंसिरमा हुने प्रदेश, संघको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको अवस्थामा न्याय परिषदको बुधबारको बैठकले प्रदेश २ सहित सबै जिल्लाका न्यायाधीशको सरुवाको निर्णय गरेको हो।

 

 

सरकारले केही दिन अघि मन्त्रिपरिषद विस्तार गरेपछि निर्वाचन आयोगले आपत्ति जनाएको थियो। तर, न्याय परिषदले बुधबार न्यायाधीश सरुवाको निर्णय गरेको हो।

न्याय परिषदमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश अध्यक्ष हुन्छन्। यस्तै, वरिष्ठतम न्यायाधीश, कनुनमन्त्री र अन्य दुई राजनीतिक नियुक्ति पाएका व्यक्ति सदस्य हुन्छन्।

 

सूची हेर्न यहाँ क्लिक गर्नुहाेस्

 

प्रतिक्रिया दिनुहोस
Advertisement