उत्पादक संघले बृहत छाला तथा जुत्ता प्रर्दशनी मेला आयोजना गर्दै


काठमाडौं – नेपाल छाला जुत्ता उत्पादक संघले सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला आयोजना गर्ने भएको छ ।

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पौष २८ गते देखि माघ ४ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडाैंको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुन लागेको हो ।

उक्त मेलाको समुद्घाटन उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्रीले गर्नेछन् । नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भबिष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने उदेश्यका साथ उक्त मेला आयोजना गर्न लागिएको उत्पादक संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement