जुवातास खेल्दाखेल्दै झण्डै ४ लाख नगदसहित ७ जना पक्राउ


काठमाण्डु – जुवातास खेल्दाखेल्दै झण्डै ४ लाख नगदसहित प्रहरीले काठमाण्डुबाट ७ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–१२ टेकु बस्ने कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ वर्षीय रिक्की देउलासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले ३ लाख ८६ हजार २०० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

जुवातास सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement