प्रहरीका सई जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ


काठमाण्डु – कञ्चनपुरमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित ८ जना पक्राउ परेका छन् ।

थापासहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेका प्रदेश प्रहरी सुदूरपश्चिमका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले बताए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले आरोपीहरूबाट १ लाख १४ हजार ११० रुपैयाँ नगद, १ गड्डी तास, मोटरसाइकल ६ थान र स्कुटी १ थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement