जुवातास खेल्दाखेल्दै १ महिलासहित ८ जना पक्राउ


काठमाण्डु – काठमाण्डु महानगरपालिका–२६ सामाखुशी टाउन प्लानिङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

स्थानीय अप्सरा मल्लको घरको माथिल्लो तलामा जुवातास खेलाइरहेको सूचनाको आधारमा महाराजगञ्जका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाको नेतृत्वमा गएको टोलीले ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा म्यादीका ५६ वर्षीया यमकुमारी पुन, धादिङका २८ वर्षीय राज घले, ३५ वर्षीय ढलबहादुर घले, लमजुङका ३० वर्षीय मिलन घर्ती मगर, सामाखुशीकी ३४ वर्षीया सबिना खड्का, गोरखाका ३७ वर्षीय सोमप्रसाद गुरुङ, काठमाण्डुका ४२ वर्षीय रुपचन्द्र श्रेष्ठ र ४० वर्षीया राजु हिराचन छन् ।

जुवाको खालबाट १ लाख ९९ हजार रुपैयाँ नगद र ३ बुक तास बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement