जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ


कैलाली – जिल्लाको टीकापुर नगरपालिका–२ विकासपुरबाट प्रहरीले जुवातास खेल्दाखेल्दै ७ जनालाई पक्राउ गरेको छ ।

विकासपुर बस्ने विकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले नगद २४ हजार २५ रूपैयाँ र ३ गड्डी ताससहित आरोपीलाई पक्राउ गरेको छ । जुवातास सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement