संखुवासभा – प्रहरीले चैनपुर नगरपालिका–१० खराङ बजार बस्ने दिनेश राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।
स्थानीय ३४ वर्षीय दुर्गा रायमाझी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५७ हजार २७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया