जुवा खेल्दाखेल्दै ७ जना पक्राउ


काठमाण्डु – बूढानीलकण्ठ नगरपालिका–११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाण्डु जिल्लाको गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३५ वर्षीया मिरू तामाङ समेत ७ जनालाई नगद २३ हजार ६८० र ८ दाना ओखरसहित पक्राउ गरेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जुवातास सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement