जुवातास खेलिरहेका ७ जना पक्राउ


काठमाण्डु – जिल्ला प्रहरी कार्यालय संखुवासभाले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चैनपुरले गएराति जुवातास खेलिरहेका चैनपुर नगरपालिका–३ तीनखोप्रेका प्रेमबहादुर कटुवाल, रिन्जेवांदी शेर्पा, भरत खत्री, रवीन कटुवाल, सुरेन्द्र खत्री, सूर्यकिरण भण्डारी र मोहनकुमार अधिकारीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले बताए ।

प्रहरीले जुवा खालबाट ३८ हजार ३३५ रुपैयाँ बरामद गरेको छ ।

यसैगरी, खाँदबारी नगरपालिका–४ मा डाइस नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीको मोटरसाइकल तोडफोड र प्रहरीमाथि हातपात गरेपछि पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेमा भीमबहादुर राई, खेदरकुमार राई, ईश्वर मंग्रान्ती र गर्बुराम राई छन् । आरोपीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement