जुवातास खेल्दाखेल्दै ३४ जना पक्राउ


काठमाण्डु – प्रहरीले विभिन्न स्थानमा जुवातास खेल्दाखेल्दै ३४ जनालाई पक्राउ गरेको छ ।

नुवाकोटको बिदुर नगरपालिका–२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य समेत २१ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १९२ रूपैयाँसहित पक्राउ गरेको छ ।

सल्यानको कालिमाटी गाउँपालिका–२ झिगाने बस्ने नारायण वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटी बस्ने ४६ वर्षीय देबबहादुर बुढा मगर लगायत १३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३४ हजार रूपैयाँ र तास २ गड्डीसहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement