पूर्वमन्त्री राजभण्डारी र कलाकारसहित ११ जना जुवाडे पक्राउ

पूर्वमन्त्री राजभण्डारी र कलाकारसहित ११ जना जुवाडे पक्राउ


काठमाण्डु– एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।

कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीसहित ११ जना गौरीघाटबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् ।

प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ ।

पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् । माधव थापा बिरामी रहेको अनुसन्धामा संलग्न एकजना अधिकृतले बताए ।