‘फुडगन्ज’ मा जोडिइन् गायिका ज्योति मगर, खाना बोकेर ग्राहकको घर घरमै पुगिन्


काठमाण्डु – गायिका तथा मोडल ज्योति मगर ‘फुडगन्ज’ सँग जोडिएकी छन् । शनिवार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी हुन् ।

उनको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् । मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् ।

कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् । ‘फुडगन्ज’ ले अहिले काठमाण्डु, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement