काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताए ।
महामन्त्री बुर्लाकोटीले देशमा भएका बेतिथि र विसङ्गतिको जालाहरू तोड्नका लागि नेपाली जनताले पार्टीलाई करिब दुईतिहाइको बहुमत दिएर सरकारमा पठाएको बताउँदै विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छाड्ने बताए ।
उनले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने बताउँदै सोही कारणले संसद्मा प्रधानमन्त्री आउन नभ्याएको बताए । काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन नसकिने बताउँदै महासचिव बुर्लाकोटीले काम नै गरेर देखाउने भएकाले कम्तीमा छ महिना पर्खेर हेरिदिन आग्रह गरे ।




प्रतिक्रिया