काबुल छिर्‍यो तालिबान, सरकारी कार्यालयबाट कर्मचारीकाे भागाभाग

काबुल छिर्‍यो तालिबान, सरकारी कार्यालयबाट कर्मचारीकाे भागाभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जाको प्रयास गरेको छ । देशका अन्य शहर कब्जामा लिएको तालिबानले काबुल कब्जाको प्रयासमा लागेको हो ।

तालिबानका लडाकुहरु काबुल प्रवेश गरेका छन् । तालिबानले तोर्खाम सीमा पार गरेको छ । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीकाअनुसार तालिबानले काबुलमा चारैतिरबाट आक्रमण सुरू गरेका छन् ।

तालिबान लडाकूहरु काबुलको बाहिरी इलाकामा प्रवेश गरेपछि आतंकित कर्मचारीहरु सरकारी कार्यालयहरुबाट भागेका छन् ।

साथै अमेरिकी  हेलिकप्टर दूतावासमा अवतरण भएकाे छ । आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि अमेरिकी  हेलिकप्टर दूतावासमा अवतरण भएकाे हाे ।

लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रणमा लिएका थिए । अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार–ए–शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन् ।