कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल नै निर्वाचित


काठमाण्डु- कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका प्यानल नै विजयी भएको छ । जसअनुसार प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजय भएका हुन् ।

प्रदेशसभा (१) मा घनश्याम चौधरी विजयी भएका छन् । उनले १३ हजार ९२३ मत ल्याउदै बिजयी भइन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारुले ११ हजार ५७२ मत पाए ।

प्रदेश सभातर्फको (२) मा खुशीराम चौधरी ७ हजार ५३९ मत ल्याउदै निर्वाचित भइएका छन् । यता उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६१९ मत ल्याए । यसअघि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement