सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री चौधरीद्वारा राजीनामा

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री चौधरीद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले राजीनामा दिएका छन् ।

मन्त्री चौधरीका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई राजीनामा पत्र बुझाएका छन् ।

‘प्रस्तुत विषयमा नेपालको संविधान १६८ को उपधारा २ को खण्ड क बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रीको पदबाट राजीनामा दिएको सादर जानकारी गराउँछु,’ राजीनामा पत्रमा भनिएको छ, ‘तपाईंको नेतृत्वको सरकारमा रही महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न पाउँदा सुखद अनुभव रहेको हुँदा धन्यवाद ज्ञापन गर्दछु ।’

नेकपा एमालेले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् ।