कालापानीबारे गरिएको प्रद्धर्शन सरकारलाई किन स्वीकार्य भएन ?


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा अतिक्रमणको विरोधमा कांग्रेसले गरेकोे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि कालापानीबारे गरिएको प्रद्धर्शन सरकारलाई स्वीकार्य नभएको भन्दै अनपत्ति जनाएका छन् ।

आइतवार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै शर्माले कालापानीका पक्षमा गरिने प्रदर्शन सरकारलाई अस्वीकार्य भएको भन्दै सरकारसँग जवाफ मागेका छन् । जवाफको अपेक्षा गर्दै शर्माले लेखेका छन्, ‘कालापानीका पक्षमा प्रद्धर्शन पनि अस्वीकार्य हुन लागेको हो सरकार ?।’

शर्माले नेपाली कांग्रेसले भारतविरुद्ध गरेको प्रद्र्धशनमा सरकारले ठूलो बल प्रयोग गरेर त्यसलाई रोक्न खोजेको बताएका छन् । ‘राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै, कालो बेलून उडाउँदै सडकमा निक्लदै गरेका विद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न गरिएको छ ।’

भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement