कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्ने सरकारको तयारी


काठमाण्डु – सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल समेटेर नेपालको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्ने घोषणा गरेको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शशी श्रेष्ठले नेपालको आधिकारिक क्षेत्रफल घोषणा गर्नेबारेमा मन्त्रालयले गृहकार्य गरिरहेको र आवश्यक प्रक्रिया पूरा गरी सार्वजनिक गर्ने जानकारी दिएकी हुन् ।

सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरे पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको आधिकारिक क्षेत्रफल सार्वजनिक भएको छैन ।

संसद् बैठकमा मन्त्री श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन सरकारी निकायले वार्ता र कुटनीतिका माध्यमबाट आवश्यक पहल गरिरहेकोले कसैले पनि शङ्का गर्न नहुने बताइन् ।

यस्तै मन्त्रालयले आउँदो वर्ष तीन सय पालिकाका पाँच लाख भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement