कालीगण्डकी ‘ए’ जलविद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत उत्पादन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारी वर्षाले कालीगण्डकी ‘ए’ जलविद्युत उत्पादन बन्द गरिएको छ। कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत विद्युत्माउत्पादन बन्द गरिएको हो।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रबाट उत्पादित १४४ मेगावाट विद्युत उत्पादन बन्द गरिएको केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए। पानीको बहाव निकै बढेपछि मिर्मीस्थित कालीगण्डकी ‘ए विद्युत उत्पादनका सबै ढोका खोलिएका छन्।

निरन्तर बढ्दै गएको वर्षाका कारण विद्युत उत्पादनको ड्याम क्षेत्र र आसपासका बस्ती क्षेत्रको जोखिमतालाई मध्यनजर गर्दै शनबार रातिदेखि विद्युत् उत्पादन रोकिएको हो ।

प्रमुख पौडेलका अनुसार पानीको बहाव घटेसँगै नियमित विद्युत् उत्पादन सुरू हुनेछ ।